राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव पशुपतिनाथकाे दर्शन

13

काठमाडौं। महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवम् दर्शन गर्नुभएको छ। महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ।

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव पशुपतिनाथ मन्दिर आउनुहुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारी, कर्मचारी, महाशिवरात्रि मूल समारोह समितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भक्तजनलगायतले स्वागत गर्नुभएको थियो।

पशुपतिनाथ मूल मन्दिरभित्र दर्शन विधिअनुसार परिक्रमा गर्नुभई राष्ट्रपति पौडेलले मन्दिरमा पूजाआराधना र दर्शन गर्नुभएको थियो। राष्ट्रपति पौडेललाई पशुपतिनाथका मूल अर्चक गणेश भट्टले फूल, प्रसाद लगाइदिनुभएको थियो। उहाँका साथमा प्रथम महिला सविता पौडेल पनि हुनुहुन्थ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here