मृत अवस्थामा फेला

51

काठमाडौं । बैतडी, मेलौली नगरपालिका-७ मेलौलीस्थित ब्रिजु होटल एण्ड लजको कोठा नम्बर १२ मा सोही नगरपालिका-१ बस्ने ५५ वर्षीय तेज सिंह नायक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित शिव मन्दिरको सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here