सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप

56

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप लगाएका छन् । आज (शनिबार) बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट शासन गर्न खोज्ने सरकारको प्रयास असफल हुने देखिएपछि सांसद किन्ने तयारी भइरहेको जनाएका हुन् । उनले वर्तमान व्यवस्था काम नलाग्ने सावित भइसकेको दाबी गरे ।

साथै, उनले वर्तमान सरकार बनेको सात महिनामा कुनै पनि उपलब्धीमूलक काम नभएको जनाए । अध्यक्ष लिङ्देनले प्रतिनिधि सभाको पहिला र दोस्रो ठूलो दल मिलेर सरकार बन्दा पनि जनतामा कुनै आशा जगाउने खालको काम हुन नसकेको जनाए ।

सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारले सांसदहरु किन्ने प्रयास गरिरहेको आरोप लगाएका थिए । जसपा नेपालकी सांसद रेखा यादवले पनि सरकारले ५ देखि १० करोडको अफर गरेको आरोप लगाएकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here