काठमाडौं । कैलाली, घोडाघोडी नगरपालिका-४ स्थित ट्याङ्ना नदीमा सोही ठाउँ बस्ने ६६ वर्षीय बाधुराम चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहस्थित खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ आङचोकस्थित थुकिम्बा-सान्थाक्रा सडकमा हाल नाम, थर, वतन नखुलेका करिब १७ वर्षीय किशोर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ माङमास्थित सुविधा डाँडा जंगलमा सोही गाउँपालिका-५ सिरान टोल बस्ने ३६ वर्षीय बेनु नेम्वाङ मंगलबार साँझ मृत अवस्थामा फेला परेका छन् । इलाम, माईजोगमाई गाउँपालिका-४ घुमाउनेस्थित घरमा सोही ठाउँ बस्ने ६५ वर्षीय राम चन्द्र विश्वकर्मा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, शिवसताक्षी नगरपालिका-७ पाथिभरा माता कृषि सुँगुर फर्मको कोठामा सोही फर्ममा काम गरी बस्ने पाँचथर फिदिम नगरपालिका-७ घर भएका ४० वर्षीय राज कुमार तामाङ मंगलबार मृत अवस्थामा फेल परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















