किसान सरल कर्जा सम्बन्धी प्रारम्भिक सम्झौता

53

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र जुम्लाको सिञ्जा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।

 सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बिच सोमबार हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिस सहित कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालु पुँजी दुवै प्रकृतिको हुने बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ भने बढीमा १० लाख रुपैयाँसम्म प्रदान गरिने छ । यस्तै किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने बैंकको भनाइ छ ।

यस्तै गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई एक प्रतिशत ब्याज अनुदान दिने समझदारीमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here