नेप्से आज घट्याे

50

काठमाडौं ।  सेयर बजार परिसूचक (नेप्से) आज झिनो अंकले घटेको छ। सोमबारदेखि घट्न थालेको नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो। योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ। आज बजारमा १० अर्ब ०१ करोड रुपैयाँ बराबरको कारोबार भयो।

आज बजारमा २४ कम्पनीको मूल्य बढेको छ। २१७ कम्पनीको मूल्य घटेको छ भने बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा आज पनि गार्डियन लाइफसहित तीन कम्पनीको इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

त्यसैगरी सर्किट लाग्ने कम्पनीमा आईसीएफसी फाइनान्सको डिबेञ्चर र भोगोल इनर्जी रहेका छन्। उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ।

बजारमा सबै समूहको सूचक घटेको छ। सबैभन्दा धेरै अन्य समूह र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ। कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँसहित अगाडि छ।

कारोबार सङ्ख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here