फूलबारी टोलमा एक महिला मृत फेला

29

काठमाडौं । तार्केश्वर नगरपालिका–१० मनमय्जु फूलबारी टोलमा एक महिला मृत फेला परेकी छन्।

गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु फूलबारी बस्दै आएकी ६५ वर्षीया बिसानी गुरुङ मृत फेला परेकी हुन्।

उनी आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जनाए।

घटनाको जानकारी पाउनासाथ प्रहरी वृत्त बालाजुबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो। शवको मुचुल्का पछि पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here