तेहरानमा कार्यरत ११ नेपाली भारतीय सहायतामा फर्किदै

19

एजेन्सी ।  इरानको राजधानी तेहरानस्थित विभिन्न नियोग र कार्यालयमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा नेपाल फर्किदैछन्। उनीहरू करिब ९५० किलोमिटरको दूरी सडक मार्गबाट पार गरेर तेहरानबाट इरानकै मसद सहरमा पुगेका छन्। तेहरानबाट करीव ११ घण्टाको दूरीमा मसद सहर पर्छ।

भारतले इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकलाई सहयोग गर्ने जानकारी दिएपछि उनीहरु इरानस्थित भारतीय दूतावासकै समन्वयमा नेपाल फर्किदैछन्।अहिले उनीहरू उडानको प्रतिक्षामा रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

उदयपुर घर भएका हरि थापा, उत्सव थापा, गायत्री कार्कीलगायत लुम्बिनी प्रदेशका विष्णु भुसाल, बुद्धि भुसाल, सागर पौडेल, सुमन गैरे, यज्ञ मरासिनी, गणेश पोखरेल र राजु खनाल मसद सहरको एक होटलमा छन्। उनीहरूलाई भारतीय विमानमै ल्याइँदैछ। केही नेपाली इरानको जेलमा रहेकाले उद्दार सम्भव भएको छैन। इरानमा रहेका नेपालीहरू भान्छे र अन्य कामका सिलसिलामा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here