होली पर्वको शुभकामना सहित इप्रका कृष्णनगरको अनुरोध

54

कृष्णनगर  । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका  प्रहरी निरिक्षक सुरज खत्रीले होली पर्वको शुभकामना सहित आम समुदायमा शभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगरले जारी गरेको शुभकामना सहित अनुरोधमा भनिएको छ। होली पर्वमा कसैको इच्छा विपरीत रंग र अबिर नलगाऔं,अपरिचित व्यक्ति हरू संग होली नखेलौं, होली पर्वमा मदिरा लगायत अन्य नशालु पदार्थको सेवन नगरौं, होलीको नाममा उच्च श्रृंखल कार्य नगरौं, छाला तथा आखां लाई असर गर्ने केमिकल युक्त रंग तथा अबिरको प्रयोग न गरौँ, महगा गर गहना लगएर होली नखेलौं, ट्राफिक नियमको पाल्ना गरौँ आफू बचौं र अरूलाई बचाऔं जस्ता सचेतनामूलक सन्देश जारी गरिएको छ। साथै नियम विपरीत कार्य गर्ने व्यक्तिको बारेमा प्रहरी लाई खबर गर्न समेत इलाका प्रहरी कार्यालय कृष्णनगरले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here