अतिरिक्त सचिवकाे आवेदन माग

53

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई वटा १२ औं तहको अतिरिक्त सचिवका लागि आवेदन माग गरिएको छ।

स्वास्थ्य मन्त्रालय बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न भनेको छ।

बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूर भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सुम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेभसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ।

मन्त्रालयमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्र रमण सिंहले फागुन १२ गते एकै पटक अवकाश पाएका थिए। सचिवमा डा विकास देवकोटाले जिम्मेवारी पाएपछि मन्त्रालयमा अहिले १२औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त छन्।

हेरौं बढुवा समितिको सूचनाको पूर्णपाठ

नेपाल स्वास्थ्य सेवाको अधिकृत बाहौ तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नुपर्ने भएको हुँदा २०८१ आषाढ मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका एघारौ तहका अधिकृत कर्मचारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट www.mohp.gov.np मा रहेको बढुवा सम्बन्धी व्यक्तिगत विवरण फाराम डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस मन्त्रालयको कर्मचारी प्रशासन शाखामा दर्ता गर्न बढुवा समितिको मिति २०८१ / १२/०३ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ । साथै आवेदकले व्यक्तिगत विवरणसँग सम्बन्धित आवश्यक कागजातहरु फारामसँग संलग्न गरि पेश गर्नु हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here