पुल्चोक क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित

50

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट उनी १ हजार १०२ मतसहित विजयी भएका हुन् ।

उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याएका छन् ।

सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले एक हजार ६४ मत ल्याएर निर्वाचित भए भने कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here