पुटिनले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्न अस्वीकार

48

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्न अस्वीकार गरेका छन्।

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लामो फोनवार्तामा पुटिनले युक्रेनमा ३० दिनसम्म युद्धविराम गर्ने उनको प्रस्तावलाई अस्वीकार गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्प र पुटिनबीच मंगलबार झन्डै २ घन्टा कुराकानी भएको थियो।

पुटिनले सम्पूर्ण रूपमा युद्धविराम नहुने बरू ३० दिनसम्म युक्रेनको उर्जा क्षेत्रमा आक्रमण नगर्ने बताएको रोयटर्सले जनाएको छ। ट्रम्पसँगको कुराकानीपछि पुटिनले रूसी सेनालाई युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न निर्देशन पनि दिएका छन्।

पुटिनलि तीस दिनसम्म आक्रमण रोकेको अवस्थामा युक्रेनले सेना र हतियारहरू थप गर्ने र त्यसलाई परिचालन गर्न सक्ने तथा शान्ति सम्झौता हुँदा उनीहरूको माग दोब्बर हुन सक्ने बताएका छन्।

टेलिफोन वार्तापछि ट्रम्पले भने सकारात्मक छलफल भएको भनेका छन् ।

‘हामीले झन्डै २ घन्टा कुराकानी गर्‍यौं। धेरै राम्रो कुराकानी भयो,’ ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्।

यद्यपि ट्रम्पले जे चाहेका थिए त्यो नपाएको भनेर रोयटर्सले लेखेको छ। ट्रम्पले युक्रेनमा ३० दिनको अस्थायी युद्धविरामको प्रस्तावमा युक्रेनलाई सहमत गराइसकेका थिए। पुटिनसँगको कुराकानीअघि रूस पनि त्यसमा सहमत हुनेमा उनी उत्साहित थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ऊर्जा क्षेत्रमा हमला रोक्ने प्रस्तावलाई समर्थन गर्ने बताएका छन्। उनले मंगलबार राति ४० भन्दा बढी रूसी ड्रोनहरूले सुमी र किएभ वरपरका अस्पतालहरूमा प्रहार भएको जनाएका छन्।

‘पुटिनले युद्धविरामको प्रस्तावलाई वास्तविक रूपमा अस्वीकार गरे। युद्धलाई लम्ब्याउने पुटिनको प्रयासलाई विश्वले अस्वीकार गर्नुपर्छ,’ उनले टेलिग्राममा लेखेका छन्।

ह्वाइट हाउसले शान्ति स्थापनाका लागि बाँकी प्रयासहरू तत्कालै सुरू हुने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here