एनएमबी बैंकद्वारा तीनदिने तालिम सञ्चालन

43

काठमाडाैं । एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्य र युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा तीनदिने तालिम सञ्चालन गरेको छ।

मार्च पहिलो हप्ता सम्पन्न सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय, र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित रहेको बैंकले उल्लेख गरेको छ।

नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन (ईएसजी) अभ्यासहरूलाई समाहित गर्न जोड दिएको थियो। यसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने बैंकले उल्लेख गरेको छ।

आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबी बैंकका व्यावसायिक टोली, ईएन्डएस तथा जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भए।

उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ईएसडीडी), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको बैंकले जनाएको छ।

यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको बताइएको छ।

एनएमबी बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटीएमहरु र ९  एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here