“फोनपे डिगी-स्मार्ट नेपाल” अभियान सञ्चालन

44

काठमाडौं ।  फोनपे ले ग्लोबल मनी विक २०२५ का अवसरमा “फोनपे डिगी-स्मार्ट नेपाल” अभियान सञ्चालन गरिरहेको छ।

यस अभियानको उद्देश्य नेपाल भर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु का साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल, र पहुँच योग्य बनाउनु हो। अभियानले डिजिटल वित्तीय प्रणाली प्रति नागरिकहरूको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग, सुरक्षाका उपायहरू र यसको फाइदाबारे जानकारी प्रदान गर्ने छ।
फोनपे डिगी-स्मार्ट नेपाल अभियान अन्तर्गत डिजिटल वित्तीय साक्षरता र जन चेतना प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्। यस्ता कार्यक्रमहरूमा कलेजहरूमा स्क्रिप्ट ड्रामा, डिजिटल सचेतना क्विज प्रतियोगिता, सामाजिक प्रयोग, वित्तीय विज्ञहरूसँग Q&A आदि पर्दछन्। यी कार्यक्रममार्फत डिजिटल भुक्तानीको सहजता र सुरक्षाबारे जनचेतना फैलाइनेछ।
त्यसैगरी यस अवधिभरि  डिजिटल माध्यमलाई व्यापक रूपमा अपनाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिने व्यवसायीहरूलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ। यसका साथै फोनपे ले Share & Win Contest पनि आयोजना गर्ने छ। जसमा सहभागी भई एक भाग्यशाली विजेताले रु. ५०,००० जित्ने अवसर प्राप्त गर्न सक्नेछन्। यस प्रतियोगितामा भाग लिन डिजिटल भुक्तानीले आफ्नो जनजीवनलाई सहज बनाएको  कुनै अनुभव साझा गरि फेसबुक, इन्स्टाग्राम, वा टिकटकमा भिडियो पोष्ट गर्नुपर्ने छ।

डिगी-स्मार्ट नेपाल अभियानमार्फत फोनपे ले डिजिटल भुक्तानीलाई अझ सरल, सुरक्षित, र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ। अभियान अवधि मार्च १७ देखि मार्च ३१, २०२५ सम्म रहनेछ।

यो अवधिमा मात्र नभएर हामी सधैँ डिजिटल भुक्तानी गर्दा  सुरक्षित कारोबार सुनिश्चित गर्न हामी सबै सचेत रहनुपर्छ। सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहित गर्न, प्रत्येक नागरिकले डिजिटल भुक्तानीका सुरक्षित अभ्यासहरू अपनाउनु आवश्यक छ।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here