निजामती विधेयकमाथि मुल समितिमा छलफल सुरु

36

काठमाडौं । निजामती विधेयकमाथि मुल समितिमा छलफल भइरहेको छ।

संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेपछि छलफल सुरु भएको हो।

नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो। त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल सुरु गरेको हो।

उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रुपमा समेत प्रश्न उठाउन थालेपछि समितिले विधेयकमाथिको छलफल अगाडि बढाएको हो।

संसदीय समितिमा विधेयकमाथी छलफल चल्दा बाहिर निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले धर्ना दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here