मृत अवस्थामा फेला

46

काठमाडौं । स्याङ्जा, भीरकोट नगरपालिका-१ हेलु बस्ने ६० वर्षीय तेज बहादुर भाट क्षेत्री सोही ठाउँस्थित आँधिखोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा, तिनाउ गाउँपालिका-३ शिसुवाको भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६१ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभा, मकालु गाउँपालिका-५ भलपानीस्थित बाटोको छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ प्रगतिनगर बस्ने मान बहादुर रानाको छोरा १० वर्षीय दिपसन राना सोही ठाउँस्थित निनाहु खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here