काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना बन्द गर्ने भएको छ । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको एमसीसीलाई एलन मस्कको सरकारी कार्यक्षमता विभाग (डोज) ले बन्द गर्ने भएको हो ।
संघीय खर्च घटाउने प्रयास अन्तर्गत यो कदम चालिएको सीएनएनले बताएको छ । एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिइएको थियो ।
डोजले एमसीसीमा नियन्त्रण गर्न शुरू गरेको एक सातापछिमात्र यो सूचना बाहिर आएको हो । यो अनुसार एमसीसीका कर्मचारीहरूलाई अबको दुई साताभित्रै बेतलबी बिदामा राखिने सम्भावना रहेकोसमेत समाचारमा बताइएको छ ।
नेपालमा पनि सञ्चालित परियोजनाको भविष्यबारेमा खुलाइएको छैन । एमसीसी नेपालसहित ४० भन्दा बढी विकासशील देशहरूमा चलिरहेको छ ।


















