राष्ट्रसंघद्वारा भारत र पाकिस्तानलाई ‘अधिकतम संयम अपनाउन’ अपील

54
United Nations Secretary General Antonio Guterres speaks at the U.N. headquarters on January 16.

काठमाडौं । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई ‘अधिकतम संयम अपनाउन’ अपील गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भारत पाकिस्तानको घटनाक्रमप्रति चिन्तित भएर परिस्थितिको निगरानी गरिरहेको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले बिहीबार पत्रकार सम्मेलनको क्रममा पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेको थियो ।

संयुक्त राष्ट्रसंघले दुवै देशले ‘अधिकतम संयम अपनाउनुपर्छ र दुई देशबीचको अवस्था थप बिग्रन नदिने कुरा सुनिश्चित गर्नुपर्ने जनाएको छ । राष्ट्र संघले पाकिस्तान र भारतबीचको कुनै पनि समस्या वार्तामार्फत शान्तिपूर्ण रूपमा समाधान गर्न सकिने पनि जनाएको छ ।

मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमण भएको थियो । यस आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here