काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्क प्रा.लि. ले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ ।
जसले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्ति प्रदान गर्ने जनाइएको छ । सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफरअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरूले निम्न विशेष सुविधा प्राप्त गर्नेछन् ।
५ वर्ष सम्म शून्य सर्भिसिङ मूल्य : ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नेछन्, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुने जनाइएको छ ।
यो विशेष ०–५–१० अभियान आगामी २०८१ वैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुने र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुने जनाइएको छ ।
सो अभियान घोषणा बारेमा बोल्दै साइमेक्स इङ्क प्रा.लि. का नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशकसम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौँ । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको सङ्क्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो ।’


















