शिक्षकका नेताहरूसँग गगन थापा र विश्वप्रकाशसँग छलफल

27

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन्।

शनिबार सरकारसँग वार्ता गरेर निष्किएपछि महामन्त्रीद्वय थापा र शर्माले महासंघका नेताहरूसँग भेटेर छलफल गरेका हुन्।

आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गरेर विद्यालयमा फर्काउने जिम्मा सभापति शेरबहादुर देउवाले यसअघि नै महामन्त्रीद्वयलाई दिएका थिए।यसअघि पनि उनीहरूले एक चरणमा शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए।

शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। पटकपटक सरकारसँग वार्ता भए पनि सफल हुन सकेको छैन।

विशेषगरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर शिक्षकहरू आन्दोलनमा जुटेका हुन्।

छलफलमा कांग्रेसका महामन्त्रीद्वयसहितसहमहामन्त्री जीवन परियार, शिक्षा विभाग प्रमुख महर, पार्टीबाट विधेयक उपसमितिमा सदस्य रहेको सांसदद्वय डिगबहादुर लिम्बू र महेन्द्र राय यादवलगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here