५० किलो अवैध गाँजा सहित दुई जना पक्राउ

201

काठमाडौं, प्रहरीले काठमाडौको लाजिम्पाट सुवर्णशम्शेर मार्गबाट अवैध लागूऔषध गाँजा ५० किलो सहित २ जनालाई मंगलबार दिउसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कोटेश्‍वर बस्ने सिन्धुली मरिण गाउँपालिकाका ३९ वर्षीय देवकुमार घिसिङ र सोही ठाउँ बस्ने सिन्धुली कमलामाई नगरपालिकाका ३० वर्षीय पदमबहादुर श्रेष्ठ रहेका छन् ।
उक्त स्थानमा अवैध लागूऔषध गाँजा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घिसिङ र श्रेष्ठको साथबाट गाँजा फेउक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here