एनआरएनएकाे मतदाता नामावली प्रकाशित

30

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि प्रथम मतदाता नामावली प्रकाशित गरेको छ ।

निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि योग्य ठहरिएका ६२५ जनाको नामावली प्रकाशित गरेको हो। थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशित गरिने पनि समितिले जनाएको छ।

सर्वोच्च अदालतको परमादेशद्वारा गठित एनआरएनए उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) मा काठमाडौँमा महाधिवेशन गरी नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को निर्वाचन गर्नका लागि वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ।

अधिवक्ता लेखत बहादुर खड्काले समितिको सदस्य सचिवको रूपमा काम गरिरहेका छन्।

उच्चस्तरीय समितिले एकता महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) बन्न झन्डै ३२ सय जनाको आवेदन परेको जनाएको छ । प्राप्त आवेदनको छानबिन गरी प्रमाणीकरण गर्ने काम भई रहेको पनि समितिले जनाएको छ।

 हेर्नुहोस् प्रथम मतदाता नामावलीको सूची : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here