परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली आज चीन जाँदै

576

काठमाडौ, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली आज चीन प्रस्थान गर्दैछन्। चीनमा हुन लागेको १३औं वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन उनी चीन जान लागेका हुन् ।
‘लिडरसिप ४।०ः सक्सिडिङ इन अ न्यू इरा अफ ग्लोबलाइजेसन’ थिम रहेको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले सोमबार बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी सन् २०२० को ‘जि–२०’ अजेण्डा तय गर्न बस्‍ने बैठकमा समेत सहभागी हुनेछन्।

चीन भ्रमणमा रहँदा परराष्ट्र मन्त्री ज्ञवालीले राजनीतिज्ञ तथा व्यापारीहरुसँग भेटवार्ता गर्ने परराष्ट्रले जनाएको छ। उनी बुधबार फोरमको बैठकमा सहभागी भई बेइजिङ पुग्‍नेछन्। बेइजिङमा उनले चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्नेछन्। उनी असार २० गते स्वदेश फर्किने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here