मृत अवस्थामा फेला    

50

काठमाडौं । काठमाडौं महानगरपालिका-८ उमाकुण्डस्थित भैरव मन्दिर परिसरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, शिवराज नगरपालिका-१ उमरी बस्ने ४६ वर्षीया लक्ष्मी थारू आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बालेगाउँस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here