आज सेयर बजारमा गिरावट

27

काठमाडौं  । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार गिरावट आएको छ।

बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ।

आज कारोबार रकम बढेको छ। अघिल्लो दिनको तुलनामा वृद्धि भएको कारोबार रकम आज आठ अर्ब पुगेको हो।

आज कारोबारका आधारमा चार कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। जसमा रिभर फल्स पावर लिमिटेड बुटवल पावर कम्पनी लिमिटेड, पुरे इनर्जी लिमिटेड र बरुण हाइड्रो कम्पनी लिमिटेड रहेका छन्।

यस्तै, सबैभन्दा बढी सेयर मूल्य गिरावट हुने कम्पनीमा ओम मेगाश्री फार्मास्युटिकल लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको हो।

कारोबारका आधार आज ९४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १५३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here