अहिलेसम्म भ्रष्टाचार गरेको छैन : माकुने

60

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको जनाएका छन्।

पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले कसैबाट अनुचित लाभ नउठाएको बताएका हुन्।

उनले भने, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु। कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु। त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ। मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन। त्यसको प्रमाण पेस गरियोस्।’

उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले जनाए।

उनले थपे, ‘मैले अनुचित उद्देश्यका साथ केही गरेको छैन।’अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here