काठमाडौं । गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बस्ने राम प्रसाद श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना गरी करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















