भारतीय सेनाद्वारा छोटो भिडियो क्लिप सार्वजनिक

60

काठमाडौं । भारतीय सेनाले शुक्रबार एक छोटो भिडियो क्लिप सार्वजनिक गरेको छ । उक्त भिडियोमा एक संरचनामाथि गरिएको आक्रमण देखिन्छ।

सेनाले यसलाई पाकिस्तानले नियन्त्रण रेखाउल्लङ्घन गरेपछि दिएको ‘उचित जवाफ’ भनेर व्याख्या गरेको छ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा भारतले पाकिस्तानमाथि रातभरि क्रमिक आक्रमण गरेको आरोप लगाएको छ।

पाकिस्तानी सेनाले के भन्यो ?

तर पाकिस्तानका अधिकारीहरूले पाकिस्तानी सेनाले भारतको आक्रमणको जवाफी रूपमा मात्र रक्षात्मक उपायहरू अपनाइरहेको जिकिर गरेको छ ।

अलजजिरताका अनुसार पाकिस्तानी सेनाका प्रवक्ताले भारतीय दाबीहरूलाई लिएर कटाक्ष गर्दै भनेका छन्, ‘भारतले चलचित्रको दुनियाँ छोडेर यथार्थमा फर्किनुपर्छ ।’

भारतले आफ्ना सीमावर्ती क्षेत्रमा हमला भएको दाबी गरेपछि पाकिस्तानले चेतावनी दिंदै भनेको छ, ‘जब पाकिस्तानले जवाफ दिन्छ, त्यो विश्वलाई थाहा हुनेछ ।’

पाकिस्तानले अमेरिकालाई पनि आत्मरक्षाको अधिकार प्रयोग गर्दै प्रतिरक्षा गरेको स्पष्ट पारेको छ ।

भारतीय सञ्चार माध्यमहरूले एक पाकिस्तानी एफ-१६ लडाकु विमान खसालिएको र एक पाइलट पक्राउ गरिएको खबर प्रचार गरेका थिए । पाकिस्तान र अमेरिकाबीच एफ-१६ प्रयोग सम्बन्धी अन्तिम प्रयोगकर्ता सम्झौता छ । उक्त सम्झौताअनुसार पाकिस्तानले तीन विमानहरू भारतविरुद्ध प्रयोग गर्न पाउँदैन । पाकिस्तानले भारतीय प्रचारबाजीको खण्डन गर्दै आएको छ ।

पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही ‘उचित समय र स्थान’ मा हुने बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here