ग्याँस लिक भएर मखनटोलमा एक महिलाको ज्यान गयाे

42

काठमाडौं । मखनटाेलमा ग्याँस लिक भएर आगलागी हुँदा काठमाडौंको एक महिलाको ज्यान गएको छ।

काठमाडौँ महानगरपालिका- २४ मा रहेको मखन गल्लीमा रहेको उक्त टोलमा बस्ने दयाराम श्रेष्ठको घरमा ग्यास लिक हुँदा आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार यतिबेला नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र काठमाडौँ महानगर प्रहरी आगो निभाउन परिचालन गरिएको छ। आगलागीमा परी महिलाको ज्यान गएको भनिएता पनि उनको सनाखत हुन भने बाँकी छ।

आगो दयारामको घरसँगै रहेको अर्को घरमा पनि सल्किएका कारण काठमाडौँ र ललितपुरबाट दमकल लिएर निभाउने प्रयास धमाधम भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here