चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा अनुसन्धान पूरा

36

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा अनुसन्धान पूरा गरेको बताएको छ।

तीनकुने घटना मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिएकी हुन्।

उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिइन्।

उनले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत आउने बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here