नेपालका नेताहरूसँग भेट्न अर्का भाजपा नेता नेपालमा

29

काठमाडाैं । करिब तीन साता पनि नबित्दै तीनजना भाजपा नेताहरूले नेपालको भ्रमण गरेका छन्।  भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता विजय जोलीले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग आइतबार भेट गरेका छन्।

मन्त्री सिंहलाई भेट्न जोली आइतबार सिंहनिवास चाक्सीबारी पुगेका थिए। भाजपाका पूर्वविदेश विभाग प्रमुख जोलीसँग नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री सिंहको सचिवालयले जनाएको छ।

जोलीभन्दा अघि वैशाख १७ गते भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा आएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकांश शीर्ष दलका नेताहरुसँग भेट गरेका थिए। त्यसपछि भाजपाकै अर्का नेता भगतसिंह कोश्यारी नेपाल भ्रमणमा आएर नेताहरूसँग भेट गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here