डोटी । पूर्वीचौकी गाउँपालिका-२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको छ आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै चट्याङ लागेर घाइते भएकी १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















