पूर्वप्रधानमन्त्री देउवाको राजसंस्थाबारेका समाचारहरू भ्रमपूर्ण

19

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थाबारेको धारणा भन्दै सञ्चारमाध्यममा आएका समाचारहरू भ्रमपूर्ण र अनैतिक रहेको जनाएका छन्।

देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेका उनले बताएका छन्। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका उहाँ अथक योद्दा हुनुहुन्छ।’

कसैले क्षणिक स्वार्थपूर्तिका लागि राजसंस्थाबारे देउवाको धारणा भनि मिडियामा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक कार्य भएको उनले स्पष्ट पारेका छन्। देउवाले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरा मनगढन्ते ढंगले प्रचारमा ल्याउनु पत्रकारिताको धर्म नभएको पनि विश्वकर्माले उल्लेख गरेका छन्।

यस्ता भ्रामक कुरामा विश्वास नगर्न उनले अनुरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here