द्वन्द्व समाधान गर्न पाकिस्तान सक्रिय

2

काठमाडौं । अमेरिका र इरानबीच जारी सैन्य तनावबीच पाकिस्तानले द्वन्द्व समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ ।

इस्लामावादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन ‘वार्ताको माध्यमबाट समाधान’ अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनीतिक संवादमा फर्किन आग्रह गरेको छ ।

उनका अनुसार हालको तनावपूर्ण अवस्थाका बाबजुद इस्लामावादले क्षेत्रीय शान्ति र स्थायित्वका लागि संवादलाई मात्र स्थायी समाधान मान्दै आएको छ । उनका शब्दमा, “कूटनीति र संवाद सबै विवादित विषयहरूको समाधानका लागि मूल मार्गनिर्देशक सिद्धान्त हुनुपर्छ ।”

यसैबीच संयुक्त राज्य अमेरिकाले बिहीबार इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरेको र त्यसको प्रतिक्रियामा इरानले प्रतिआक्रमण गरेको घटनाले मध्यपूर्वमा तनाव झनै बढाएको छ । अमेरिकी पक्षले इरानसँग चलिरहेको युद्ध अन्त्यका लागि वार्ताको प्रक्रिया अवरुद्ध भएको आरोपसमेत लगाएको छ ।

प्रवक्ता अन्द्राबीले पाकिस्तान क्षेत्रीय अवस्थाप्रति गहिरो चिन्तित रहेको उल्लेख गर्दै शान्ति स्थापनाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

यसै सन्दर्भमा पाकिस्तानका गृहमन्त्री हालै इरान भ्रमणबाट फर्किएको र उक्त भ्रमणमा उनले प्रधानमन्त्रीको सन्देश तथा पत्र इरानी नेतृत्वलाई हस्तान्तरण गरेको पनि पुष्टि गरिएको छ । यसलाई पाकिस्तानको मध्यस्थता प्रयासको एक हिस्सा मानिएको छ ।

पाकिस्तानले अमेरिका–इरान तनावमा आफूलाई निष्पक्ष संवादकर्ताका रूपमा प्रस्तुत गर्दै क्षेत्रीय युद्ध विस्तार रोक्न कूटनीतिक पहललाई निरन्तर अघि बढाउने सङ्केत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here