काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब विश्वकपमा खेल्ने विषयमा छलफल भइरहेको जनाएका छन् । त्यसपछि रोनाल्डोले आफ्नो भविष्यलाई लिएर एउटा रहस्यमय सन्देश पनि इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
यो ग्रीष्ममा रोनाल्डोको अल–नस्रसँगको सम्झौता सकिँदैछ । क्लब विश्वकपमा खेल्नका लागि उनी नयाँ कुनै क्लबसँग सम्झौता गर्न चाहन्छन्, जसका लागि पुरानो सम्झौताबाट छुटकारा पाउन आवश्यक छ । उक्त प्रतियोगिता आगामी जुन १४ मा सुरु हुनेछ ।
‘यो अध्याय सकियो । कथा अझै लेखिँदैछ । सबैलाई धेरै धन्यवाद ।’
त्यस्तै, लियोनेल मेसी यस पटक एमएलएस क्लब इन्टर मियामीको लागि क्लब विश्वकप खेल्न तयारीमा छन् । गत हप्ता, फिफा अध्यक्ष इन्फान्टिनोले भने, ‘रोनाल्डो र मेसी दुबै क्लब विश्वकपमा खेल्ने सम्भावना छ । केही क्लबहरूसँग रोनाल्डोको खेलाडी भर्नाको विषयमा छलफल जारी छ । यदि कुनै क्लबले उनलाई भर्ना गर्न चाहन्छ भने के हुन्छ, त्यो त हेर्न बाँकी छ ।’
फिफाले यस वर्षको क्लब विश्वकपका लागि अतिरिक्त स्थानान्तरण अवधि जुन १ देखि जुन १० सम्म खुला राखेको छ, जसबाट नयाँ खेलाडी भर्ना गर्न सकिन्छ ।


















