काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।
काठमाडौंमा राजावादी प्रदर्शनको अघिल्लो दिन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिँदै एआईजी तामाङले प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए अवलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न निर्देशन दिएका हुन् ।
बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न उपस्थित अधिकृतहरूलाई निर्देशन दिएको बताइएको छ । कार्यक्रममा नेपालका प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

















