काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ ।
कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने जनाएका हुन् । ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको माग नरहेको पनि जनाए । ‘गृहमनत्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं’, उनले भने ।

















