दुई मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ

34

काठमाडौं । महिला एशियन कप तयारी स्वरूप थाइल्याण्डसित दुई मैत्रीपूर्ण फुटबल खेल्न जान लागेको नेपाली टोलीलाई एक कार्यक्रम गरेर बिदाइ गरिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएकाे बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले यस टोलीबाट धेरै आशावादी रहेको जनाउँदै जितको शुभकामना दिए । ‘राम्रो खेल प्रदर्शन गरेर मन जित्दै आइरहनुभएको छ, यस खेलमा पनि खेल कौशल प्रदर्शन गर्नुहोला’ भनेर खेलाडीहरूलाई हाैशला दिनु भएकाे थियाे ।

महासचिव किरण राईले नेपालको महिला टिमले पनि विश्वकप खेल्न सक्नेमा सबै आशावादी रहेको जनाउँदै आउँदै गरेको एसियन कप छनोटअघि यस खेलमा राम्रो प्रदर्शन गरेर फर्कन शुभकामना दिए ।
नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।
नेपाली टोली मंगलबार थाइल्याण्ड प्रस्थान गर्नेछ । फ्रान्स र यूएईमा क्लब फुटबल खेलिरहेका साबित्रा भण्डारी र रेखा पौडेल उतैबाट थाइल्याण्ड पुगेर टिममा सामेल हुनेछन् ।

नेपाली टाेलीमा 

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैशी, गीता राना, विमला बि., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here