काठमाडौं । कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको पुनकदसहितको प्रतिमा भव्य रुपमा स्वागत गरि जेष्ठ १७ गते शनिबार ल्याएको छ ।
कीर्तिपुरबासीको बहुप्रतिक्षित प्रतिमा काठमाडौंको सितापाइलाबाट बाजागाजासहित इतिहासबिद् एवम् संस्कृतिविद् प्रयागमान प्रधान, कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समितिका संयोजक नजरराम महर्जन, बाग्मति प्रदेशका पुर्व सहकारी मन्त्री एवम् सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष इच्छा कुमार महर्जन, वडा नं. १० का वडा अध्यक्ष नरेश महर्जन, कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समितिका अध्यक्ष शुद्धरत्न महर्जन लगायत संस्कृतिप्रेमीहरुले भव्य रुपमा स्वागत गरेर कीर्तिपुरको रिंगरोड परिक्रमा गराएर विंरगना र्कीतिलक्ष्मीको प्रतिमा बाघभैरव मन्दिर केही समयका लागि प्रर्दशनी समेत गरिएको थियो ।
करिब १ बर्ष लगाएर काठमाडौं सिता पाइला निवासी कलाकार महेश तुलाधरले अथक प्रयास पश्चात बनाउन सफल यस बिरंगना कीर्तिलक्ष्मीको प्रतिमालाई कीर्तिपुर क्षेत्र नं. १० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद तथा पूर्व पर्यटन तथा संस्कृति मन्त्री मा. पुकार महर्जनले विनियोजित करिब १६ लाख बजेटबाट ६ फिट ढलोटको कीर्तिलक्ष्मीको प्रतिमालाई कलाकार महेश तुलाधरले बनाएका हुन् भने प्रतिको स्केच चित्रकार योगेश महर्जन बनाएको थियो ।
भिडियाे तल क्लिक गरेर हेर्न सकिन्छ :



















