वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा

25
  1. काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन् ।

मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here