काठमाडौं । १० वर्ष पश्चात बुङ्गमती कुमारी माजुलाई वस्त्र,आभूषण तथा गरगहना चढाइएको छ।
रातो मछिन्द्रनाथको मूर्ति १० वर्षपछि बुंगमतीस्थित मन्दिरमा राखेको चारौँ दिनमा बुधवार बुङ्गमती कुमारी माजुलाई वस्त्र,आभूषण तथा गहना चढाइएको हो।
गोरखाकाे बारपाककाे भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर पुनः निर्माण गरी भोटो जात्राको दिन मच्छिन्द्रनाथलाई बुङ्गमती मन्दिरभित्र राखिएको थियो।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो। १० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनः स्थापना भएकोमा स्थानीयवासी हर्षित बनेका छन् ।

















