काठमाडौं । क्यानडामा आयोजना हुने एनसीएसी कपमा यूकेको नेपाली क्लब म्याक्स सीसीको सहभागिता हुने भयएको छ।
क्यानडाको टोरन्टोमा आगामी अगस्ट ९ र १० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्याक्स सीसीले पहिलोपटक सहभागिता जनाउने भएको हो ।
टी-२० लिग ढाँचामा खेलाइने प्रतियोगितामा अमेरिका र क्यानडा र यूकेले गरेका ८ वटा नेपाली टिमहरूको सहभागिता रहनेछ। खेलहरू दुईवटा भिन्न मैदानमा सञ्चालन गरिनेछन्।
म्याक्स सीसीको टोलीमा युकेमा रहेका नेपाली खेलाडीहरू मात्र नभई अष्ट्रेलिया र न्यूजील्यान्डमा खेलिसकेका, हाल युकेमा रहेका अनुभवी नेपाली खेलाडीहरू पनि समावेश हुने जनाएका छन्। प्रतियोगितामा विजेता टिमले पहिलो पुरस्कार५,००० क्यानाडियन डलर , दोस्रो पुरस्कार २,५०० क्यानाडियन डलर रहेको जानकारी आयोजकले दिएको छ ।
म्याननी गुरुङले भने, ‘यो मेरो लागि मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूका लागि गौरवको क्षण हो। यो यात्रा अझै सुरु हो, मेरो लक्ष्य अन्तर्राष्ट्रिय मञ्चमा बिदेशमा रहेका प्रतिभावान नेपाली क्रिकेट खिलाड़ीहरूलाई प्रतिनिधित्व गर्नु हो। अबदेखि नेपाली खेलाडीहरूको प्रतिभा विश्वभर देखाउने मेरो अभियान प्रारम्भ शुरुवात गरेको छू ।’
एनसिसीसी कप २०२५ मा म्याक्स सीसीको सहभागिता नेपाली क्रिकेट अन्तर्राष्ट्रिय विस्तारको दृष्टिले एक महत्वपूर्ण पाइला भएको आयोजकको विश्वास छ।


















