शिक्षित नागरिक देशको सबैभन्दा ठूलो पुँजी

31

काडमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको जनाएका छन्।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।

उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतीलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको जनाए।

उनले गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने जनाए।

सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गरे।

थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुने स्थिति पुर्‍याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने जनाउँदै प्रधानमन्त्री ओलीले विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरूको उद्देश्य रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले रोजागरीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको पनि जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here