भौतिक मन्त्रीद्वारा ग्वार्कोमा रहेकाे फ्लाईओभरको निरिक्षण

16

काठमाडौं ।ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ। फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरू बाँकी छ। २\३ दिनभित्रै बाँकी कामहरू पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जनाए।

फ्लाईओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाईओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिलाइ भएको बताए। यसैगरी अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए।

निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैसीले मुख्य संरचनाहरूको निर्माण पूरा भएको र अब केही दिन भित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जनाए।

 पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक-पटक निरीक्षण र अनुगमन पछि चाँडै काम सक्न निर्देशन दिएका थिए। सो फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here