जापानमा नेपाल वायुसेवाको उडान पुनः संचालन हुने

202

काठमाडौं / जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने बारे निगम र जापानी टोलीका उच्चपदाधिकारी बीच आज छलफल भएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधीमण्डल र ओसाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुएल् मानेन ताउले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डल बीच निकट भविष्यमा उडान शुरु गर्ने सम्बन्धमा विचारको आदान प्रदान भएको थियो ।

जापानी टोलीले उडान पुनः संचालन गर्न आफ्ना तर्फबाट पूर्ण सहयोग गर्ने जनाउनुका साथै हानेदा पछि ओसाका आकर्षक र महत्वपूर्ण विमानस्थल रहेकाले निगमको उडान उपलब्धिमूलक हुने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here