चिकित्सा शिक्षा विधेयक संशोधन गर्न चिकित्सक संघ शिक्षण अस्पतालमा अनसनमा

121

 काठमाडौं / १६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।

प्रधानमन्त्रीलाई दुई तिहाइको गर्व नगर्न पनि आन्दोलनरत चिकित्सकहरूले आग्रह गरेका छन्। संघले जबर्जस्ती विधेयक पारित गरेको विरोधमा राजधानीमा प्रदर्शन गर्दै संघले संवेदनशील राज्यमा सत्याग्रह ठूलो आन्दोलन भए पनि सरकारले डाक्टर केसीलाई वेवास्ता गरेकोमा चिकित्सक असन्तुष्ट छन्।

चिकित्सक संघले सोमबारदेखि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामूहिक त्रिवि शिक्षण अस्पतालमा अनसन बस्ने घोषणा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here