लिदी पहिरोमा मृत्यु हुनेको संख्या २८ पुग्यो

67
सिन्धुपाल्चोक – गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए । एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पाँच वर्षीय  सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र  १८वर्षीया ललिता दोङको शव  फेला परेको हो । यससँगै पहिरोमा ज्यान गुमाउने २८ जना पुगेका छन्  । अहिलेसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन् ।  तीमध्ये १४ बालबालिमा मात्रै  छन् ।

पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना  र  नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन्  । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here