पिपिई मास्क हराएकाे कर्मचारीले दुरुपयोग गरेको खुलासा

209

पाल्पा – पाल्पामा स्वास्थ्यकर्मीलाई पठाइएको पिपिई सेटमा रहेका मास्क हराएका छन्।

सिजी सिमेण्ट इन्डष्ट्रिज पाल्पा प्राइभेट लिमिटेड कम्पनीले पठाएका मास्क हराएका हुन्। मास्क हराएकोबारे चार दिनदेखि जिल्लामा विभिन्न टीकाटिप्पणी भइरहेको छ।

प्रशासनका अधिकारी र जनप्रतिनिधि मिलेर मास्क लिएको भन्ने सामाजिक सञ्जालमा भाइरल बनेपछि यो घटना बाहिर आएको हो। सिजी सिमेण्ट इन्डष्ट्रिज पाल्पा प्राइभेट लिमिटेड कम्पनीले पाल्पा अस्पतालका स्वास्थ्यकर्मीलाई पाँच सेट पिपिई अर्थात् -Personal protection equipment_ सहयोगस्वरूप प्रदान गरेको थियो।

सिजीका एक प्रतिनिधिले पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई उनको कार्यालयमै पुगेर  पिपिई हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here