काठमाडौं / छातीमा अत्याधिक दुखाइ भएपछि डा. गोविन्द केसी सोमबार बिहान शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमका प्रा.डा. केसी २४ घन्टा चिकित्सकको निगरानीमा रहनेछन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी केसीको उपचारमा संलग्न छन् । ‘सामान्य समस्या हुँदा अस्पताल आउने मान्छे होइन, उनलाई मुटुमा समस्या भएको हुन सक्छ । विशेष परीक्षणपछि मंगलबार स्वास्थ्य समस्याका विषयमा बोल्न सकिन्छ,’ डा. सायमीले भने । डा. केसीलाई अस्पतालको २१५ नम्बर क्याबिनमा भर्ना गरिएको छ ।
केही समयअगाडि सोही क्याबिनमा प्रधानमन्त्री केपी ओलीले भर्ना भई उपचार गराएका थिए ।

















