सरकारले आम अपेक्षाविपरीत बजेट ल्यायाे

21

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षाविपरीत बजेट ल्याएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पाण्डेले यस्तो जनाएका हुन्।

उनले कम्युनिष्ट पार्टीको अध्यक्ष प्रधानमन्त्री, कम्युनिष्ट पार्टीकै अर्थमन्त्री र दुई तिहाइ सरकारले संविधानमा उल्लेखित समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा प्रतिबद्ध भनेर भनिए पनि सोहीअनुरुप बजेट आउन नसकेको उल्लेख गरे।

बजेट व्यापारी र सरकारबीचको सम्झौताको दस्तावेज भएको आरोप लगाउँदै सांसद पाण्डेले बलियो सरकारको अति कमजोर र समाजवाद भनेर नथाक्ने पार्टीहरुको झिलिमिली पुँजीवाद बजेटमा प्रकट भएको दाबी गरे।

‘बजेट व्यापारी र सरकारबीचको सम्झौताको दस्तावेज हो यो। बलियो सरकारको अति कमजोर, समाजवाद भनेर नथाक्ने पार्टीहरुको झिलिमिली पुँजीवाद प्रकट भएको बजेट हो यो,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here